Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

त्रिशूलीमा यात्रुवाहक बस खस्दा ६ जनाको मृत्यु, उद्धारकार्य जारी

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३७ जनाको उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए।

मृतकको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।  उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई गजुरीस्थित अस्पतालमा पठाइएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका लागि खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे बस अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।