चितवनको छात्रावास (होस्टल) मा मृत्यु भएकी शालिन पोख्रेलको आज मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्येष्टि गरिएको हो ।
एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते बिहान कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

उनको बलात्कारपछि हत्या भएको परिवारले आरोप लगाएका थिए । तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरिसकेको छ ।
हेर्नुहोस् यो भिडियो पनि: