Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल २० रन बनाएर आउट

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गरिरहको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १० बलमा २० रन बनाएर आउट भएका हुन। बिष्पोटक ब्याट्सम्यानका रुपमा चिनिएका भुर्तेलले १ चौका र २ छक्का हानेका थिए । नेपालले चौथो ओभरमा पहिलो विकेट गमाएको हो । 

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो। 

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।