Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पाँचखालमा १८ राष्ट्रका सेनाले गरे शान्ति प्रयास तालिम

काठमाडौं । नेपाली सेनाको काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा  सञ्चालित चौथो संस्करणको शान्ति स्थापना सम्बन्धि बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ सोमबार समापन भएको छ । 

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजित उक्त अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभको सहयोगमा सञ्चालन भएको थियो । तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले अभ्यासमा सहभागीहरूले देखाएको लगनशीलताले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका सैनिकहरूबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

Photo (9).JPG

द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीहरूको बाबजुद शान्ति सैनिकहरूको व्यवसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा यो अभ्यास सहयोगी हुने अपेक्षा गरेको पनि उनले बताए । नेपालसहित १८ राष्ट्रका १ हजार १ सय २५ जना सैनिकहरूको सहभागितामा सञ्चालित अभ्यासमा शान्ति स्थापना मिसनमा शान्ति सैनिकले निर्वाह गर्नुपर्ने भूमिकामा आधारित गतिविधि समावेश गरिएका थिए । 

Photo (3).JPG

समारोहमा रक्षासचिव किरणराज शर्मा, पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, विभिन्न मिसनहरुमा फोर्स कमान्डर रहेका लगायत बहालवाला एवं अवकाश प्राप्त रथी तथा अधिकृत, विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, अभ्यासमा सहभागी देशहरुका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

Photo (7).JPG