नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे बस्न लागेको बैठकले मन्त्रालयको टुंगो लगाउने छ ।
गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार शपथ लिएका बिनाविभागीय मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल छन् ।