Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौंमा जारी टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।

आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधीका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो ।

टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।

४ खेलपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अंकसहित तेस्रो स्थानमा सीमित बन्यो ।

फाइनल खेल मंगलबार हुनेछ ।