Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

'जलवायु न्यायका लागि महिला एकता' भन्दै १२ दिने कालापत्थर पदयात्रा (फोटोफिचर)

विश्वभरका महिलाहरु सबैभन्दा बढी जलवायु परिवर्तनको प्रत्यक्ष मारमाः रोजिना प्रधान राई

हरेक वर्ष मार्च ८ मा विश्वभर विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय मिहला दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने मुल नाराका साथ कालापाथर पदयात्रा कार्यक्रम २०२४ सुरु भएको छ ।

430465838_7221857541258133_1256110869831832039_n.jpg

समाजमा अग्रणी भूमिकामा रहेका १५ जना बढी महिलासहितको टोली यही फागुन १७ गते काठमाडौँबाट लुक्ला प्रस्थान गरेको थियो। फागुन १९ गते स्याङबोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न ‘महिला सशक्तिकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया गरेका छन। यसैगरि फागुन २० गतेदेखि फागुन २५ गतेसम्म ट्रेक र हाइक गर्दै कालापत्थर पुग्ने र कालापत्थरमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने योजना छ।

WhatsApp Image 2024-03-03 at 11.29.40_1f53c73a.jpg

कालापत्थरमा महिला दिवस मनाउँदा विश्वको ध्यानाकर्षण गर्ने र राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदाय र महिलामा परेको असर तथा कृषि र पर्यटन क्षेत्रमा परेको समस्याबारे जागरुकता फैलाउने विश्वास गरिएको छ । बढ्दो जलवायु परिवर्तनले सबैभन्दा बढी र पहिले समाजका पिधँमा रहेका वर्गलाई असर पर्नेहुन्छ ।

WhatsApp Image 2024-03-03 at 11.29.39_df1ef34a.jpg
नेपाल लगायत विश्वभरका महिलाहरु जलवायु परिवर्तनको प्रत्यक्ष मारमा रहेका छन् । खानेपानी जुटाउनेदेखि कृषि होस् वा स्वास्थ्य र दैनिक जीवनका काममा महिला बढी क्रियाशील हुने र जलवायु परिवर्तनको असर सबैलाई पर्ने भएपनि पुरुषभन्दा बढी महिलाले नै जुझ्नपर्ने भएकाले यसबारे विश्वको ध्यानाकर्षण हुनुपर्नेमा यात्रामा रहेकी गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले जोड दिइन् ।

WhatsApp Image 2024-03-03 at 06.29.34_eed67f3b.jpg
पदयात्रा आयोजक साथसाथैले पदयात्राबारे जारी गरिएको विज्ञप्तिमा “हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायबारे विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौँ” भनि उल्लेख छ ।

WhatsApp Image 2024-03-03 at 11.30.37_3bfed49e.jpg

जसले सङ्घर्ष गर्छ। त्यसले नै शिखर चुम्छ, हो यसैको एक प्रतिनिधी पात्र हुन् गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई। रोजिना काठमाडौँको मैत्रीदेवीमा जन्मिएकी हुन्। उच्च शिक्षासम्म राजधानी मै पूरा गरेकी उनी सृजनात्मक काममा पनि त्यती नै तल्लिन थिइन्। अरूलाई थिचोमिचो नगर्ने उनी आफूलाई पनि कसैले थिचोमिचो गरेको मन पराउँदैन थिइन। जिन्दगीमा केही न केही गर्नु पर्छ। भन्ने भावनाले रोजिनालाई सँधै भरी झक्झकाइरह्यो। बाल्यकालदेखी नै सामाजिक कार्यहरूमा सरिक भइरहने उनी थप उच्च शिक्षा हाँसिल गर्नको लागी विद्यार्थी भिजामा बेलायत उडिन। सुनौलो सपना बोकेर बेलायत उडेकी उनको लागी त्यती बेला बेलायत सहज थिएन। त्यहाँ स्थापित हुनको लागी उनले धेरै सङ्घर्ष गर्नु पर्‍यो। कामको प्रकृती जे जस्तो भएपनि काम सानो ठूलो नहुने कुरा बुझेकी उनी जीवन गुजाराका लागी विभिन्न काम गर्ने क्रममा कार पुछ्ने काम पनि गरेकी थिइन्।

WhatsApp Image 2024-03-03 at 11.29.40_73afa97f.jpg

रोजिना एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गर्दैगर्दा उनको बिहे पनि भइसकेको थियो, बेलायतमै भेटिएका ‘गोर्खा आर्मी’ हिराधन राईसँग वैवाहिक सम्बन्धमा बाँधिएकी रोजिना बेलायतलाई कर्मथलो बनाइन्। प्रधान राई यति बेला बेलायतको सफल व्यवसायीमा गनिन्छिन्। त्यति मात्र नभएर उनी आफ्नै व्यावसायिक कम्पनी केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष समेत छिन।

आफू बस्ने देशका नेपालीलाई केही समस्या पर्‍यो कि सहयोगका लागि अघि सरिरहने रोजिना र रोजिनाका श्रीमान् हिराले ‘रोजीहिरा’ फाउन्डेशनको समेत स्थापना गरे। एनआरएन बेलायतको सुरुवात कालदेखी नै विभन्नि पदहरु समाल्दै उनी उपाध्यक्ष भइन् । उक्त दुई वर्षको कार्यकालमा निकै राम्रा काम समेत गरेकी थिइन् ।रोजिनाले बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भएको एनआरएनए यूकेको छैटौं काउन्सिल बैठकको संयोजक पनि थिइन्। त्यसैगरि उनले ‘एनआरएनए आइसीसीको भोकेशनल एजुकेशन कमिटी’ यूरोपको को चियर पनि गरिन् । हालमा उनी गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष छिन् ।

429821099_7221852327925321_5994941553668210158_n.jpg

यसअघि उनि एनआरएनए बेलायतको उपाध्यक्ष हुँदा उनी संघसंस्था समन्वय विभाग प्रमुख पनि थिइन्। कोरोना संक्रमणलगायत अरु धेरै संकटका बेला राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा बोकेर हिँडिन्। चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरूको समानताको लडाईं, उनको अगुवाई अरु धेरैका लागि पनि प्रेरणादायी भयो। कोभिड १९ महामारीमा बेलायती विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थी नराम्ररी प्रभावित हुँदा उनले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरिन्।

अप्ठ्यारोमा परेका विद्यार्थीलाई राहत वितरण र आफैंले गाँस बास प्रवन्ध मेत गरिदिएकी थिइन्। बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो। राईले एनआरएनका राष्ट्रिय–अन्तरराष्ट्रिय हरेक सभा सम्मेलनमा सक्रिय सहभागिता र योगदान गरेकी थिइन्। बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले नेपाल र बेलायतमा कयौं व्यवसाय समेत सञ्चालन गरिरहेकी छन्। रोजिनालाई व्यवसायमा आफ्नो श्रीमान हिराधन राईले पनि उत्तिकै सहयोग गरेका छन्।

WhatsApp Image 2024-03-03 at 11.29.42_31d96107.jpg

रोजीहिरा फाउण्डेशनकी अध्यक्ष रोजिनाले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन्। उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी छिन्।

खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान लगायतका काम पनि उनकै अगुवाइमा भएका हुन्। यो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा छ। एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके र विभिन्न दर्जनौ भन्दा बढी संघसंस्थामा सल्लाहकार छिन्।

rojina (1).png

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक, राष्ट्रिय सचेतना अभियान नेपाललगायत विभिन्न संस्थाबाट सम्मान पाएकी छन्।

रोजिनाले बिगत बर्षहरुमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवस संयुक्त राष्ट्रसंघ तथा विश्वभरीका संघसंस्थाहरुले मनाई रहेका छन । यस वर्ष संयुक्त राष्ट्रसंघले “महिलाहरूमा लगानी गर्नुहोस्, प्रगतिलाई गति दिनुहोस् ” भन्ने मुल नारा तय गर्नुका साथै अन्य विषयहरुमा समेत कार्यक्रमहरु आयोजना भइरहेका छन् । उनै गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई ‘जलवायु न्यायका लागि महिला एकता’ भन्ने मुल नाराका साथ सुरु भएको १२ दिने कालापत्थर पदयात्रामा छिन् ।