Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज:

नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय २१ रनको लक्ष्य

प्रतिस जिसीले लिए ३ विकेट

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको खेलमा नेपालविरुद्ध नेदरल्यान्ड्स १९ ओभर ३ बल खेल्दै १२० रनमा अलआउट भएको हो ।  

नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिदै उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा  १३ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै करन केसी र कुशल मल्लले २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । 

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले  सर्बाधिक ३१ रन बनाए  । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३  र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।  नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

 त्रिकोणात्मक सिरिजको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्ने भएकाले नेपाल दोस्रो जितको प्रतीक्षामा छ। नेपालले लिग चरणको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राख्न सफल भएको थियो।