Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

देश बृद्धाआश्रम बन्ने खतरामा पुग्योः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज गोरखा पत्रकार समाजका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले अहिले सबै युवाको चाहना विदेश जाने मात्रै देखिएको भन्दै यस्तै अवस्था निरन्तर रहे एकदिन देशमा बृद्ध, बृद्धा मात्रै हुने खतरा रहेको बताए । 

4.jpg

आर्थिक अवस्था राम्रो भएका परिवारमा अहिले १० पासहुने वित्तिकैदेखि युरो, अमेरिका वा अष्ट्रेलियातिर पढ्न जाने बिषयमा छलफल हुन थाल्छ, उनले भने आर्थिक अवस्था राम्रो नभएकाहरु खाडी मुलुकतिर कम गर्न जाने र पैसा कमाउने सोच राख्छन् ।

2.jpg

युवाहरुको पलायन हुँदै गर्दा देशमा त उमेर पुगेका बृद्ध, बृद्धा मात्रै हुने खतरा देखिएको र यो समस्या अन्त्य गर्न गम्भिर ढंगले लाग्नु पर्ने उनको भनाइ छ । यो समस्या हटाउन युवाहरु र सरक र संगसँगै लाग्नुपर्ने  गृहमन्त्री श्रेष्ठको भनाइ रहेको थियो ।  

3.jpg

यस्तै गृहमन्त्री श्रेष्ठले युवाहरु माझमा देखिएको लागू पदार्थ दूवर्यसनीको समस्यालाइ अन्त्य गर्न पालिका स्तरबाटै अभियान चलाउनुपर्ने आवश्यता रहेको पनि बताए । राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा  रहेको भन्दै उनले हालको व्यवस्थाविरुद्ध  उठेका आवाज विरुद्ध सचेत हुन आवश्यक रहेको धारणा पनि राखे । 

1.jpg

शान्ति प्रक्रियालाई निष्कर्ष  पु¥याउन सरकार प्रयत्नशील रहेको भन्दै गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए । देशमा देखिएका समस्या बेतिथिलाइ अन्त्य गर्ने गरि कलम चलाउन उनले पत्रकारहरुलाइ अनुरोध समेत गरे ।

narayankaji.jpg