Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सिट्ठी फुक्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी, बालुवाटारतिर बढे मिटरब्याज पीडितहरु

सिट्ठी फुक्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्धमा चर्को नाराबाजी गर्दै मिटरब्याज पीडितहरु बालुवाटार घेर्न अगाडि बढेका छन् ।

भृकुटीमण्डपमा नै प्रहरीले रोक्ने खोजेपनि प्रमुख जिल्ला अधिकारीको आदेशपछि उनीहरु त्यहाँबाट निस्किएर बालुवाटारतर्फ अगाडि बढेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीका विरुद्धमा चर्को नाराबाजीसमेत गरेका थिए । 

Meter-Byaj-3.jpg

देशका विभिन्न स्थानबाट न्याका लागि भनेर २३ दिनसम्म पैदलै हिँडेर उनीहरू काठमाडौं आएर आन्दोलनरत छन्। उनीहरूले सरकारसमक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन्।

प्रदर्शनका क्रममा उनीहरुले सिट्ठीसमेत बजाएका थिए । आफूहरुको माग सरकारले सुनोस् भन्ने हेतुले उनीहरुले प्रदर्शनको क्रममा सांकेतिक रुपमा सिट्ठी बजाएको बताएका छन् । सकारले उनीहरुलाई वार्तामा बोलाएपनि पटक–पटकको वार्ता निश्कर्षविहीन बनेको छ ।

Meter-Byaj.jpg

फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने र अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मिटरब्याज पीडितहरुको माग छ ।