Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

१२ लाखसहित हुण्डी कारोबारी चिनियाँ नागरिक पक्राउ

हुण्डी कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय चिनियाँ नागरिक झोउ जियायुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथमा रहेको झोलाबाट १२ लाख नगद समेत बरामद गरेको छ । चिनियाँ नागरिक झोउ जियायुले नेपाली एक हजार नोट ८०० थान र ५ सयको नोट ८०० थानसहित पक्राउ परेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीमार्फत कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने उनलाई पक्राउ गरेको थियो । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।