Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मेयर बालेनले ‘टर्चर’ दिएको महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप, कानुनी उपचार खोज्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । 

महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको गुनासो गरेकी हुन् ।

s_gpAGEmsD5F.webp