Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै, टिममा दुई परिवर्तन

नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । त्रिवि मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।

428712534_816813793808336_6302780399608842702_n.jpg

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ ।

can-1.jpg-16-1.webp

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजबंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ । नेपाली प्लेइङ ११– रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी ।