Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विष सेवन गरेकी भारती मानन्धरको कस्तो छ अवस्था?

नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

मंगलबार साँझ ४ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ ।

पहिलो पतिबाट जन्मेको छोरालाई खाजा दिनबाट स्कुलले रोकेपछि भारतीले विष सेवन गरेको प्रहरी नायव उपरीक्षक सुवाससिंह बोहराले जानकारी दिएका छन् ।