Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कुलेखानी–फर्पिङ्ग सडक आजदेखि सञ्चालनमा आउँदै

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको माग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट सञ्चालनमा आउने भएको छ ।

सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले मंगलवार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी संचालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक संचालनमा ल्याउन लागिएको अध्यक्ष पुडासेनीले बताए ।