संघीय संसद भवन र सिंहदरबार वरपरको फुटपाथमा आज मंगलबार बिहानदेखि नेपाल प्रहरीले डोरी र तारबार लगाएको छ । ती ठाउँ हुँदै सर्वसाधारणलाई हिँड्न पनि दिइएको छैन ।
बटुवा फुटपाथ वा मूल सडकमै हिँड्न थालेका छन् । सोमबार लघुवित्त पीडित आन्दोलनकारीहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए । निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेपछि आज संसद् भवन र सिंहदरवार वरपर फुटपाथमा डोरी लगाइएको छ ।
अहिले सर्बसाधरहरु फुटपाथ छाडेर सडक साँघुरिएर हिँडिरहेको देखिन्छ । बाक्लै गाडी गुड्ने सडकमा सर्वसाधरण हिंड्नु पर्ने भएपछि दुर्घटनाको जोखिम थप बढेको छ ।