Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

हेर्नुहोस् आज कतिमा हुँदैछ सुनको कारोवार?

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।