Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

उड्न लागेको यतिको जहाजको इन्जिनमा समस्या देखिएपछि...

उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्गमै फर्काइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर तर्फ उडान गर्न लागेको यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो ।

विमानस्थलका अनुसार आज बिहान ८ः३० का लागि तय भएको यतिको उडानमा समस्या देखिएको थियो ।