Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपाल पराजित बनेको छ । नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७।५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । करण केसीले २६ रन बनाए।

त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७, अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन् । यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए । यसअघि डच टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो ।