Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

२७३ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहितको एम्बुलेन्सलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा बोकेर ल्याएको १ च २९३७ नम्बरको एम्बुलेन्स सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले आइतबार नियन्त्रणमा लिएको हो । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सुरक्षा बेस चतराले जनाएको छ ।