Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

३३ लाख हिनामिना गरेका बीपी प्रतिष्ठानका इन्जिनियरलाई चार वर्ष कैद, ६६ लाख ४० हजार असुल गर्ने फैसला

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई चार वर्षको कैद सजाय सुनाइएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारणा गरेको हो ।

प्रतिष्ठान हाताभित्र व्यवसाय सञ्चालन गरिरहेकाबाट विद्युत् महसुल बापतको रकम ३३ लाख २० हजार २२६ असुल गरी प्रतिष्ठानमा नबुझाएका साहलाई बिगोबमोजिम जरिवाना समेत हुने फैसला सुनाइएको छ । यही फागुन ६ गते कसुर ठहर गरेको इजलासले आइतबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० भदौ २५ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको मागबमोजिम नै साहलाई बिगोबमोजिम जरिवाना र कैद सजाय गरेको छ ।