Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने  निर्वाचन आयोगको निर्णय

 निर्वाचन आयोगको आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।

आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम -२ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र - १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो।

इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।२बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्य श्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि पनि निर्वाचन आयोगले सम्बन्धित सबैमा आग्रह गरेको छ।