Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नवलपरासीमा कसले मारेर खाडलमा गाड्यो बाघ?

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ । रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले बताए ।

उनका अनुसार पूर्व–पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो । बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

जंगलमा हेरालुले गन्हाएको थाहा पाएपछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए ।