Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

पाँचखालमा जारी बहुराष्ट्रिय अभ्यासमा प्रधानसेनापति, १९ मुलुकका एक हजार एकसय २५ सैनिकको सहभागिता

प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एकसय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणको अवलोकन गरेका छन् ।

Photo (1).JPG

सेनापति शर्माले शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेशागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्न आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भइरहेको शान्ती अभ्यासको चौथो संस्करणको अवलोकन गरेका हुन् ।

संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा भइहेको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Photo (5).JPG

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । सन् २०१३ र सन् २०१७ मा  दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् ।