Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सन्दीपको पुनरावेदन दर्ता, कहिले हुन्छ पेशी?

उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेको पुनरावेदन दर्ता गरेको छ । लामिछानेले एक किशोरीलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसालविरुद्ध असन्तुष्टी जनाउँदै पुनरावेदन गरेका हुन् । सन्दिपका वकिल मुराहरि सापकोटाका अनुसार पहिलो पेशी चैत १२ गतेका लागि तोकिएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौँले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ । लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएनको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ ।

पुनरावेदनसँगै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम जेल बाहिरै बसेर पुनरावेदनको प्रक्रिया अघि बढाउन पाउँ भन्ने निवेदन पनि दिएका थिए । रजिष्टार मानबहादुर कार्कीले उनलाई जेल बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिँदै दर्ता गरेका हुन् ।