Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

काँग्रेस हाम्रो भविष्य हो, उत्साहकासाथ गाउँ फर्किनुहोला: डा.शंशाक

नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन्।

शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य काँग्रेससँग मात्र भएको जिकिर गर्दै सबैलाई घर फर्कदा उत्साह र उमंगसाथ फर्कन आग्रह गरे।

उनले भने,‘अब घर जाँदा आउँदो निर्वाचनमा काँग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ। जाँदा एउटा उत्साहको साथ जानुपर्छ। उमंगकासाथ जानुपर्छ। भविष्य हाम्रो हो। कसैको होइन् काँग्रेस हाम्रो भविष्य हो । काँग्रेसहरु एक ढिका भयो भने नेपाली काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन् त्यो प्रतिबद्धताकासाथ अगाडि बढ्नुहोस्।’

उनले विपी कोइरालाले देश र जनताका लागि गरेको बलिदानलाई  काँग्रेसले सदैव सम्झनुपर्ने बताए। कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह ,कृष्णप्रसाद सिटौलालगायत पार्टीका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

भिडियो: