हिमाली जिल्ला मनाङमा यसवर्ष कम हिउँ परेको छ । हिउँ पर्ने समयमा पर्याप्त हिमपात नभए पनि फागुनको दोस्रो साताबाट भारी हिमपात भएको छ । बुधबार साँझदेखि यहाँ सुरु भएको हिमपात आजसम्म निरन्तर भइरहेको छ ।
हिउँले सेताम्मे भएको अवस्थामा पनि चामे गाउँपालिकाका दुई विद्यालय सञ्चालनमा आएका छन् । लोकप्रिय माध्यमिक विद्यालय र गौरीशंकर आधारभुत विद्यालयमा हिमपातपछि हिउँमा रमाउदै, खेल्दै पढ्दैँ आएका छन् ।
बुधबार रातभर परेको भारी हिमपातले यहाँका बस्ती, डाँडाकाँडा, विद्यालय, विभिन्न संरचना पूर्ण रुपमा हिउँले छोपिएको छ । सडकमा हिउँ सेताम्मे भएपछि यहाँ सवारीसाधन आवतजावत सहज रुपमा हुन सकेको छैन । हिउँमा खेल्दै यहाँका विद्यार्थी पढ्दै आएका छन् ।
भिडियो: