Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

भूतपूर्व सैनिकलाई प्रधानसेनापतिले भने- अरू देशको सैनिकमा भर्ना हुन नजानु

प्रधानसेनापति प्रभुराम शर्माले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरेका छन् ।

नेपाली सेना कल्याणकारी बोर्डद्वारा शुक्रवार चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न आग्रह गरे ।

अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै उनले सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे ।