Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

संसदमा प्रदीप यादवको प्रश्न - कहाँ छन् जिबी राई?

जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए ।

पोखराको नागरिकले समेत जिबी राईको कारणले दु:ख पाएको उल्लेख गर्दै उनले भने ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’