Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

मोरङमा ट्रक दुर्घटना: घाइतेमध्ये २ बालकको मृत्यु (अपडेट)

मोरङको बुढीगंगा गाउँपालिकाको–४ मा  नेमुवामा फ्याक्ट्रिको मार्बल लिएर जाँदै गरेको भारतीय लरी पल्टिएर दुई जनाको मृत्यु भएकाे छ। बाटोमा ट्रक पल्टिँदा सडक छेउमा खेल्दै गरेका २ बालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

 मोरङ प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार एकजना गम्भीर घाइते छन्। उनको त्यही अक्सिजन दिएर राखिएको र अवस्था गम्भीर छ।  आज  बिहान मार्बल लिएर जाँदै गरेको भारतीय नम्बरको आर.जे. २९ जी.बी. १५६१ नम्बरको  लरी  पल्टिएर  मार्बलले सडकमा खेलिरहेका बच्चालाई किचेको थियो।  

पोखरेलका अनुसार थप क्षति भएको हुनसक्ने आकलन पनि गरिएको छ। यति बेला स्थानीयहरू सो दुर्घटनाको विरोधमा उत्रिएका छन् भने घटनाको थप अनुसन्धान भइरहेको छ।