Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

मार्बल लिएर आउँदै ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते, स्थानीय आक्रोसित

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् ।

बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो । 

Photo (3).jpeg

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ ।

बच्चाहरुको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरु घाइते भएपछि स्थानीयबासी आक्रोसित बनेका छन् । \

भिडियो: