Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

अन्तरंग तस्बिर र भिडियो सामाजिक सञ्जालबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गर्ने पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो । 

अभियुक्तले ती महिलासँग राम्रो सम्बन्ध रहेका बेला खिचिएका अन्तरंग तस्बिर र भिडियो उनीजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि उनलाई गोंगबुबाट पक्राउ गरिएको जनाइएको छ ।