Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाको प्रश्नः बालकुमारी घटनामा मुछिएका मन्त्रीलाई किन भएन कारबाही भएन?

राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनमा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न माग गरेको छ । घिल्लो संसद बैठकमा उठाएको विषयमा प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गर्ने भनेको तर तीन दिन बितिसक्दा पनि कारबाही नभएकोमा रास्वपाले असन्तुष्टि जनायो ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने, ‘बालकुमारी घटना जे जसरी भयो देश नै स्तब्ध भएको थियो । राज्यको सम्पत्ति गयो । युवाको हत्या भयो । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गर्ने भनेको । प्रतिवेदन पढ्न कति लामो हो रु पढ्न ल्याइदिनुहोस् हामी वाचन गरेर सुनाइदिन्छौँ । प्रतिपक्षलाई नसुन्दै जाने हो भने ससंसद अवरुद्ध हुन्छ । सडक पनि अवरुद्ध हुन्छ ।’

उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न पनि उनले सरकारको ध्यानकर्षण गराए । ‘सामन्तवादको अवशेष अन्त्य भयो भनेको तर पीडित माइतीघरअगाडि भौतारिरहेका छन्,’ उनले भने ।