Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिरिजको निर्णायक खेल: नेपाल ‘ए’द्वारा क्यानडालाई १ सय ८२ रनको लक्ष्य


एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल ‘ए’ले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज क्यानडा–११ का कप्तान साद बिन जफरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ८१ रन बनाउँदा नेपाल अलआउट भयो ।

सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टोलीका आज ४ खेलाडी परिवर्तन भएका छन् । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन्। आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा अटाएका छन् ।

नेपाल ‘ए’ टोली पहिलो खेलमा क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले २ विकेटले जित निकाल्दै तीन खेलको सिरिज बराबरी गरेको थियो । आजको खेल विजयीका लागि निर्णायक हो ।