Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

ज्ञानेन्द्र शाहीको प्रश्नः के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर जेल किन नहालेको भन्ने प्रश्न गरेको छ । आज बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ६ फागुनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएकाले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने बताएका हुन् ।

‘६ फागुनमा प्रधानमन्त्रीज्यूले संसदमा जवाफ दिने क्रममा बालकुमारीको घटना हत्या भएको हो भन्नु भएको छ । बालकुमारीको घटना यदि हत्या हो भने आदेश दिने गृहमन्त्री र त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको रु हत्या हो भने जेल हाल्नु पर्छ ।’

उनले भने, ‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नु हुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो?’ सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए ।