Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय कमिटी बैठकपछि प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए। उनीहरूबीच शान्ति प्रक्रियाबारे कुरा भएको श्रोतले बताएको छ। 

सरकारविरुद्ध आन्दोलन गर्ने एमालेले चेतावनी दिइरहेको र गठबन्धनमासमेत विवाद उत्पन्न भइरहेका वेला उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।