दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि नेपाल 'ए'ले क्यानडा-११ लाई २ विकेटले हराएको छ। मुलपानी क्रिकेट मैदानमा क्यानडा ११ ले नेपाललाई २४१ रनको लक्ष्य दिएको थियो ।
कप्तान सन्दीप जोरा र बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको हो । मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।
यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।