दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनायो ।

उसका लागि श्रेयस मोब्बाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, नभनीत धलिवाल ४६, श्रीमन्थ विजयरत्ने ४१, आरोन जोनसन ३६, डिलोन हेलिगर १६ रनमा बनाए ।
नेपालका साहब आलमले तीन, रसिद खान र शेर मल्लले समान दुई–दुई तथा सागर ढकाल र बसीर अहमदले एक–एक विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ । यसअघि भएको पहिलो खेलमा क्यानडा ११ ले नेपाल ‘ए’ लाई चार विकेटले पराजित गरेको थियो।