Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रुपन्देहीको देवदह-१ स्थित खड्ग माविमा ६१औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

टिकाराम पौडेल । रुपन्देहीको देवनगरपालिका वडा न-१ विर्ता ,रुपन्देही स्थित खड्ग माविले आफ्नो ६१औँ वार्षिकोत्सव फाल्गुण ७ गते विद्यालयको जन्म दिवसको अवसरमा एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता,देवदह वडा न-१ का वडाध्यक्ष दीपक प्रसाद नेपालको प्रमुख आतिथ्यता,विद्यालय सँस्थापक स्वर्गीय खड्ग बहादुर गुरुङको परिवारका सदस्य वर्दघाट-५ का वडाध्यक्ष विमला गुरुङ लगायतको विशिष्ट आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले विद्यालयको आफ्नो वार्षिक प्रअ प्रतिवेदन सहित स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो।

423686967_759662022422198_5002191761841893168_n.jpg

कार्यक्रममाअक्षयकोषदाता, चन्दादाता,विद्यालयलाई अतुलनीय योगदान गर्नुहुने पुर्व र वर्तमान व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ, शिक्षक लगायतलाई सँस्थापक परिवारबाट अभिनन्दन,विद्या लयलाई मायाको चिनो र आफ्नो परिवारको तर्फबाट स्थापित स्व खड्ग बहादुर गुरुङ स्मृति अक्षय कोषमा थप ११०००को अक्षयकोष समेत थप गरी अक्षय कोष स्थापना गर्नु भएको थियो।

423147615_795760182389331_8458364326376988199_n.jpg

उक्त कार्यक्रममा अक्षयकोष दाताहरुको तर्फबाट खड्ग अक्षयकोषका सँस्थापक मिनादेवी बस्नेत र उहाँहरुको परिवारका तर्फबाट करिब ३० जना विद्यार्थीलाई गरिब,जेहेन्दार तथा विपन्न अक्षयकोष पुरस्कार वितरण गरिएको थियो भने सोइया महिला स्वाबलम्बन सँस्थाको आर्थिक सहयोगमा सञ्चालित खुल्ला निबन्ध लेखन प्रतियोगिता तथा विभिन्न विधाका खेलकुदमा विजयी भाइ बहिनीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो साथै प्रधानाध्यापक बाबुराम बस्नेतलाई विद्यालयको वृहत्तर हितका लागि उत्कृष्ट कार्यसम्पादन गरेकोमा मायाको चिनो,दोसल्ला र प्रमाणपत्रबाट तथा शैक्षिक वर्ष २०८० को मूल्यांकनका आधारमा विद्यालयको उत्कृष्ट वर्ष शिक्षकका रुपमा शिक्षक कमला कुमारी शर्मालाई समेत दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

423147729_709605927702213_7655304565438262461_n.jpg

उत्कृष्ट शिक्षकका रुपमा यसभन्दा अगाडि विद्यालयका वरिष्ठ शिक्षक चुडामणि शर्मा र शिक्षक पदम जि सी लाई विद्यालयले सम्मान गरिसकेको छ।यस कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई IT प्रशिक्षण कार्यक्रम करिब ४ वर्ष सञ्चालनमा सहयोग गर्ने गरी Gems Web Tech Devdaha खैरेनी शाखाका डाइरेक्टर लोकेन्द्र जर्घा मगर र विद्यालयका बीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो।कार्यक्रममा सल्लाहकार अजय रौनियार,शि अ सँ पुर्व अध्यक्ष रोमनाथ पाण्डे,पुर्व अध्यक्ष मुरारी प्रसाद पाण्डे , विशिष्ट अतिथि विमला गुरुङ र प्रमुख अतिथि दीपक प्रसाद नेपालले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक कमला कुमारी शर्मा र समापन कार्यक्रमका सभाध्यक्ष वि व्य स अध्यक्ष छविलाल अग्रहरी ज्यूबाट भएको थियो।