Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एरिस्टो बोर्डिङ स्कुलमा विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिस्टो बोर्डिङ स्कुलले आयोजना गरेको अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा छात्र तर्फ एरिष्टो विद्यालयका रियांश चौधरी प्रथम भएका छन् भने थ्री स्टार अङ्ग्रेजी आवासीय विद्यालयका आदित्य चौधरी दोश्रो भएका हुन त्यसैगरी एरिस्टोकै आर्जन विष्टले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । उदयमान खेलाडीको रूपमा ऐश्वर्य विद्या निकेतनका हिमाचल खत्री घोषित भएका छन् । 

त्यस्तै छात्रा तर्फ धनगढी नमूना प्रविधिक माध्यामिक विद्यालयकि रञ्जु राना प्रथम भएकी छिन् भने श्री एक्सिस विद्याश्रमकि कृती जोशी दोश्रो भएकी छिन्  त्यसैगरी आयोजक विद्यालयकै प्रतिज्ञा साउदले तेश्रो स्थान हासिल गर्न सफल भएकी छिन् । छात्रातर्फ उदयमान खेलाडीको रूपमा मयुर इङ्लिस स्कुलकी ममता बिष्ट घोषित भएकी छन् ।

5d7216da-14ed-47a1-bbed-62703184819e.jfif

प्रतियोगितामा प्रथम,दृतिय,तृतिय र शान्त्वना स्थान हाँसिल गर्ने छात्र छात्राले क्रमशस्पाँच हजार,तीन हजार,दुई हजार नगदका साथै आकर्षक ट्रफ्री र प्रमाणपत्र समेत प्राप्त गरे । फाल्गुन ५ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । समापन समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवम म्यानेजिङ डाइरेक्टर शान्ती अधिकारी क्षेत्रीले यसपटक प्रतियोगिताको शुरूवात गरेर ब्याडमिन्टन खेलप्रती विद्यार्थीहरुमा रुचि मात्र जगाएको र आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र भव्य आयोजना गर्ने बताइन ।  

२०४९ सालमा स्थापित एरिस्टो मावि उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाका कारण सुदूरपश्चिम प्रदेश भरी लोकप्रिय रहेको छ । एरिस्टोबाट कक्षा १० पास गरेका दर्जनौं विद्यार्थीहरु राज्यको उपल्लो तहमा स्थापित छन् । कक्षा ८ को बोर्ड परीक्षा र एस.ई.ई.परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेकोले विद्यालयमा हरेक शैक्षिकसत्रको भर्नाको समयमा विद्यार्थीहरुको अत्याधिक चाप हुने गर्दछ ।