Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम सूचीमा रहेका तीनमध्ये भट्टलाई आयल निगमको कार्यकारी निर्देशक बनाएको हो ।

chadika-prasad-bhatta_7kbZtP7jPV.webp

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारसँग व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । तीमध्ये समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
यस्तै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।