Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार?

नेपाली बजारमा आज आइतबार सुन चादीँको भाउ बढेको छ । आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।