कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएर बग्ने स्याली नदी किनारमा आहाराको खोजीमा रहेका चखेवा चरा ।
हिउँदका बेला मात्रै यहाँका नदी तलाउमा देखापर्ने यस चरालाई अङ्ग्रेजीमा ‘रडी सेल्डक’ भन्ने गरिन्छ । जलवायु परिवर्तनका कारण नदी तलाउमा पानी घट्दै जान थालेपछि आहारको कमीले बर्सेनि यी चराको सङ्ख्या घट्दै जान थालेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु