Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आईसीसी क्रिकेट विश्वकप लिग-२:

नेदरल्याण्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य, कुशलले लिए ४ विकेट

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिएका हुन् । 

कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा आलआउट भएको हो ।  ललित राजवंशीले समेत राम्रो प्रर्दशन गरे । उनले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट लिए ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

दुवै टिम सन् २०२७ को विश्वकप छनोटको रुपमा रहेको लिग टूको प्रतिस्पर्धामा उत्रिएका हुन् । नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेपाल लिग टूमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।