Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, जित्नैपर्ने दबाब

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले किहान ९ः१५ बजेदेखि सुरु हुनेछ । 

नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल छ। ​

दुई देशबीच अहिलेसम्म तीन एकदिवसीय खेल भएका छन्,जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले एक खेल जितेका छन्।  नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै सन् २०१८ को अगस्ट १ मा खेलेको थियो । लिग- २ मा ८ देश खेलिरहेका छन्, जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका छन्।

आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुने छन् भने पछाडि रहेका चार देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउने छन्। 

लिग–२ खेल्ने नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।