Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत् पाथीभरा पुगेका शर्माले पाथीभराको दर्शन गरेर फर्केका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमा पुगेका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्केको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए ।

गत वर्ष पनि पाथीभराको दर्शनमा पुगेका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्केका छन् ।