Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी महिला प्रिमियर कप: नेपालले मलेसियालाई १ सय १६ रनको लक्ष्य दियो

एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक मलेसियाबीच खेल जारी छ। मलेसियाको वायोमास ओभलमा नेपालले जितका लागि मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ।

६ विकेट गुमाएर ११५ रन बनाउने क्रममा डोली भट्ट २५,  कप्तान  इन्दु वर्मा २९ , रूविना क्षेत्रीले २०, कविता कुँवर २३, सीता रानामगर ६ र कविता जोशीले २ रनको योगदान दिइन्। सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ। यसअघि नेपाली पुरुष सिनियर र अन्डर नाइन्टिन टिमले एसिया कप खेलिसकेको छ।

सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।  आजै भएको अर्को खेलमा थाइल्याण्डलाई चार रनले पराजित गर्दै यूएई फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार हुनेछ।