Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी महिला प्रिमियर कप: टस जितेर मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आयोजक मलेसिया खेल्दैछ। । मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ। 

सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ। यसअघि नेपाली पुरुष सिनियर र अन्डर नाइन्टिन टिमले एसिया कप खेलिसकेको छ। 

जारी प्रतियोगितामा अहिलेसम्म नेपालले सहज प्रतिद्वन्द्वी पाए पनि सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ। तर नेपाली खेलाडी राम्रो फर्ममा रहेका कारण यही लय कायम राख्न सके नेपाल जितबाट धेरै टाढा  छैन। सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ। 

आजै भएको अर्को खेलमा थाइल्याण्डलाई चार रनले पराजित गर्दै यूएई फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार हुनेछ।