Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी विश्वकप क्रिकेट लिग २: पहिलो खेलमा नेपाल पराजित, नामिबिया ४ विकेटले विजयी

आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नामिबियाको ४ विकेटले विजयी भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ विकेटले नेपाललाई पराजित गरेको हो । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३।१ ओभरमा पूरा गरेको हो ।

खेलमा नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए । ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । यसैगरी नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृंखला आजदेखि शुरु भएको हो । यो शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।