Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी विश्वकप लिग २: नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा बनाएर अलआउट भयो ।

नेपालका लागि भीम सार्कीले ४४, कुशल मल्लले १५ रन, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए । ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए । चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए ।

ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए । यस्तै खेलमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८।१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।